यूएसएआईडीले नेपाललाई साढे ७ अर्ब रुपैयाँ सहयाेग गर्ने

काठमाण्डाै – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) ले नेपाललाई पाँच करोड ८५ लाख अमेरिकी डलर अर्थात् साढे सात अर्ब रुपैयाँभन्दा धेरै रकम सहयोग प्रदान गर्ने भएको छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका यूएसएआईडीका प्रशासक सामन्था पावरले नेपाल सरकार र नागरिकसँगको लोकतान्त्रिक साझेदारीमा यो रकम खर्च गरिने बताउनुभएको छ । घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको नेपालमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासले जनाएको छ । ...