मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पर्साको  पटेर्वा सुगौली गाउँपालिका-५ स्थित सडकमा ना.१८ प ४०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनमा परी मृत्यु हुनेमा हुँदा वीरगञ्ज महानगरपालिका-१ छप्कैया बस्ने १९ वर्षीय मोटरसाइकल चालक राहुल कुमार सिंह रहेका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।