दरबार हेरचाह अड्डाले भत्कायो महानगरपालिकाले झण्डा राख्न बनाएको संरचना

२५ चैत, काठमाडौं । हनुमानढोका दरबार हेरचाह अड्डाले वसन्तपुर डबलीमा बनेको मापदण्ड विपरीतको संरचना भत्काएको छ । फागुन पहिलो साता महानगरपालिकाको भौतिक पूर्वाधार विभागले रातारात बनाएको संरचनाको तीव्र विरोध भएपछि शुक्रबारदेखि सो संरचना भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागको फागुन ३० गतेको निर्णयानुसार सो संरचना भत्काइएको दरबार हेरचाह अड्डाले जनाएको छ । यसअघि काठमाडौं […]

सम्बन्धित सामग्री

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका क्षेत्रमा नयाँ संरचना बनाएपछि...

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब एक महिनाअघि पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डालाई थाहा नदिई वसन्तपुर डबली भत्कायो । महानगरले उक्त डबलीमा ३५ फिट अग्ला आठवटा झन्डा राख्ने प्रयोजनार्थ भत्काएको थियो ।  महानगरले पुरातत्व विभागको स्वीकृतिविना डबलीमा नयाँ संरचना बनाउँदै छ भनी सम्पदा संरक्षणकर्मीले मौखिक रूपमा पुरातत्व विभागलाई जानकारी गराए ।...