बाढीले बगायो जल्दै गरेको चिता

शनिबार दिनभरि घमाइलो थियो । पहाडी क्षेत्रमा मुहान भएर मोरङको वेलवारी हुँदै दक्षिण बग्ने लोहन्द्रा खोलामा खसी–बाख्रा तर्न सक्ने पानी बग्दै थियो । त्यसैबेला बेलवारी–३ कि ८१ वर्षीया लीलामाया कोइरालाको अन्त्येष्टि गर्न परिवारजन र मलामीले शव लिएर खोलामा पुगे ।