रंगेली नपाको सहयोगमा बीओपी भवन निर्माण

काठमाडौं । नेपाल भारत सीमाबाट हुने अवैध निकासी र पैठारीलाई रोक्न मोरङको पूर्वी दक्षिण क्षेत्र सीमामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले नवनिर्मित भवनबाट आफ्नो सेवा शुरू गरेको छ । रंगेली नगरपालिकाको सहयोगमा धनापट्टीस्थित  सशस्त्र प्रहरीको बीओपीको नवनिर्मित भवन मंगलवार उद्घाटन गरिएपछि सेवा शुरू भएको हो । नगरपालिका प्रमुख दिलीप बगडिया र सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनीका नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्त रूपमा भवनको उद्घाटन गरेपछि बीओपीले बोर्डरको सुरक्षा र सेवा दिन थालेको हो । यसअघि सुनवर्षीको सिक्टी र रतुवामाई नगरपालिकाको मिर्चाडाँगीमा बीओपी स्थापना गरिएको थियो । थपिएका तीन बीओपीमध्ये रंगेलीको भवन पहिला सम्पन्न भएको हो । रंगेली नगरपालिको १६ लाख रुपैयाँ सहयोग र सशस्त्र प्रहरीको श्रमदानमा भवन निर्माण भएको सशस्त्र प्रहरी रंगेली बीओपीका इन्स्पेक्टर कमल अधिकारीले जानकारी दिए । यसअघि मोरङमा सशस्त्र प्रहरीको सीमाक्षेत्रमा आठओटा बीओपीले सीमा क्षेत्र र चोरी तस्करी रोक्दै आएको छ । सिक्टी बीओपीका लागि सुनवर्षी नगरपालिकाले १० कट्ठा ऐलानी जग्गाका साथै भौतिक संरचना निर्माणका लागि ५ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ । यस्तै, मिर्चाडाँगीमा रतुवामाई नगरपालिकाले १० लाखको लाागतमा भौतिक संरचना निर्माण गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति एसपी तीर्थ पौडेलले बताए । सशस्त्र प्रहरीका डीआईजी दाहालले सरकारले नेपाल भारत सीमा क्षेत्रमा ११४ ओटा थपेर २२१ ओटा बीओपी पुर्‍याउने लक्ष्यअन्तर्गत मोरङमा तीनओटा बीओपी थपिएको बताए । योसँगै ६३ किलोमिटर नेपाल–भारत सीमा भएको मोरङमा बीओपीको संख्या ११ पुगेको छ । सरकारले अब दोस्रो चरणमा नेपाल–भारत सीमा क्षेत्रमा बीओपीको संख्या थपेर ५०० पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि जग्गा छनौटको काम भइरहेको दाहालले बताए ।

सम्बन्धित सामग्री

विद्यालयलाई भूकम्पप्रतिरोधी भवन निर्माण

सिमकोट – सिमकोट गाउँपालिका– ७ को चौगानफयाको कर्णाली माध्यमिक विद्यालयमा पहिलो पटक भूकम्पप्रतिरोधी भवन निर्माण भएको छ। विद्यालयमा भएका पुराना भवन जीर्ण र साँघुरा भएपछि आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएर सञ्चालनमा आएको हो। प्रधानाध्यापक रामराज शाहीका अनुसार नयाँ र भूकम्पप्रतिरोधी भवन निर्माण भई सञ्चालनमा आएको हो। नयाँ पाँच कोठे भवन निर्माण […]

अस्पताल भवन निर्माण अधुरै

गोदावरी, ५ साउन । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो । विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुईतले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रवीना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो […]

बसपार्कमा टर्मिनल भवन निर्माण

काठमाडौँ, २० चैत । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हुँदै आएको कालीपुलमा […]

अस्पताल भवन निर्माण अधुरै

काठमाडौँ,२२ मँसिर । पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण […]

मेहलकुना अस्पतालको भवन निर्माण अधुरै

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो।

रघुगङ्गामा स्वास्थ्य चौकीको भवन निर्माण

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले सुविधा सम्पन्न भवन निर्माण गरेपछि साँघुरा कोठा भएका जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ।

समय अगावै भवन निर्माण

थोडुङ/एचटीसी/वसना जेभी वीरेन्द्रनगर सुर्खेतले निर्माण सम्झौताको १५ दिनअगावै उक्त भवन निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन समेत भएको छ।...

रघुगङ्गाको भवन निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले […]

रामपुरमा स्वास्थ्यचौकी भवन निर्माण

रामपुर । रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । रामपुर नगरपालिकाको १४ लाख र ओकेबाजेको १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले […]

तामाकोसी पाँचौको भवन निर्माण सुरु

तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका लागि भवन निर्माण सुरु भएको छ । आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटडले आयोजनाका लागि स्थायी रूपमा कार्यालय र आवास प्रयोजनका लागि भवन निर्माण थालेको हो ।आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको तयारी भइरहेको बेला चालू आर्थिक वर्षका लागि नेपाल सरकारको अनुदानबाट कम्पनीले भवन निर्माण थालेको हो । विगू गाउँपालिका–३ जामुनेमा भवन […]