२० वर्षपछि पहिलो पटक विश्वमा क्षयरोग संक्रमितको संख्या बढ्यो

क्षयरोग (टीबी) बाट संक्रमित व्यक्तिको संख्या झण्डै २० वर्षपछि पहिलो पटक विश्वव्यापी रूपमा बढेको पाइएको छ । योसँगै गरिबहरुलाई बढी असर गर्ने यो रोगप्रति विश्वले आवश्यक ध्यान नदिएको आरोप लागेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार २०२१ मा १ करोड ६ लाख मानिसलाई क्षयरोग भएको पत्ता लागेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले बढी हो ।  सन् २००० देखि २०२१ अघिसम्म नयाँ संक्रमितको संख्या औसतमा २ प्रतिशतले घटेको थियो । सन् २०२१ मा क्षयरोगबाट हुने मृत्युको संख्या लगातार दोस