बंगलादेशमा संसदीय चुनाव : प्रतिपक्ष दलद्वारा बहिष्कार, मतदाताको न्यून उपस्थिति

प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बंगलादेशमा आज संसदीय निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको केही बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । द डेली स्टारका अनुसार लगभग आधा समय बाँकी रहँदा मतदाताहरू अपेक्षित रूपमा मतदान केन्द्रमा आएका छैनन् ।