झापामा नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने एउटा गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षिय मौसम श्रेष्ठ, कनकाई ४ बस्ने २९ वर्षिय खुर्सैद आलम र झापा गाउँपालिका ५ बस्ने २४ वर्षिय एराजुल हक रहेका छन् ।
उनीहरुबाट १ लाख ४४ हजारको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । बरामद नोटहरु पाँच सय भारुका रहेका छन् । गत बुधबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटहरुको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै