सांस्कृतिक डबली तयार

तानसेनको बतासेडाँडामा ‘श्रीनगर सांस्कृतिक डबली’ तयार भएको छ । जिल्लामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पहिचानसहितको सांस्कृतिक प्रदर्शन गरेर आकर्षित गर्न सांस्कृतिक डबलीको निर्माण गरिएको हो । वि.सं. २०७७ असारदेखि सुरु भएको सांस्कृतिक डबली निर्माण सम्झौताको म्यादभन्दा एक वर्ष ढिला गरी सकिएको पर्यटन डिभिजन रुपन्देहीका प्रमुख मुक्तिराम पाण्डेयले बताउनुभयो । “डबली निर्माणको काम सकिएको छ, अब सांस्कृतिक डबली सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्छौँ,” उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

सात करोडको डबली सञ्चालनमा नआउँदै जीर्ण

पाल्पा : लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपैयाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन। सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन्।सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको साँस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो। डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन। स्थानीय बास