चेम्बर अफ कमर्सद्वारा कोभिडले थलिएको सबै क्षेत्रलाई उठाउने गरी मौद्रिक नीति ल्याउन सुझाव

असार १८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि ३७ बुँदे सुझाव पेश गरेको छ । सुझावमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन् २०२० को शुरुवातदेखि कोभिड–१९ महामारीको कारण अर्थतन्त्रले धेरै नोक्सानी बेहोरिसकेको अवस्थामा सबै क्षेत्रलाई उठाउने गरी मौद्रिक नीति ल्याउन भनेका छन् । उनले शुक्रवार आयोजित कार्यक्रममा अहिलेको बिषम परिस्थितिमा वित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताउँदै  व्यवसायीहरुलाई मुलुकको अर्थतन्त्रलाई दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न पनि गभर्नर समक्ष माग गरेका छन् । चेम्बरले  कोभिडका कारण निजी क्षेत्रमा देखिएको तरलताको चरम अभाव तथा डेढ महीनाभन्दा बढी लामो निषेधाज्ञाले आय आर्जन गर्न नसकेका बहुसंख्यक नागरिकहरुको क्रयशक्तिमा देखिएको ह्रासको कारणले पुर्ण रुपले विस्तारित मौद्रिक नीति आजको आवश्यकता हो भनेको छ। साथै उसले आगामी मौद्रिक नीति कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित रहनु पर्ने बताएको छ । यसैगरी चेम्बरले कोभिड–१९ प्रभावित पुनर्कर्जा २०० अर्ब रुपैयाँ ३ प्रतिशत ब्याजदरमा २ वर्ष देखि ३ वर्षसम्म कर्जाप्रवाह गर्नका लागी विषेश व्यवस्था गर्न पनि भनेको छ । साथै उसले सबै लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्र लाई निषेधाज्ञा अवधिभरको ब्याजमा ५० प्रतिशत छूट दिनुपर्ने पनि बताएको छ ।  सबै उद्योग तथा व्यवसायहरुले २०७८ असार र असोज महीनामा तिर्नुपर्ने ब्याज र सावाँको किस्ता कुनै शुल्क जरिवाना नलिई २०७८ चैत मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिनु पर्ने  भन्दै उसले बजेट घाटा पूर्ति गर्न सरकारले उठाउने २५० अर्बको आन्तरिक ऋणले गर्दा लगानी योग्य रकमको अभाव झन् बढ्ने भएकोले यसको प्रभाव न्यूनिकरण गर्ने किसिमको मौद्रिक नीति ल्याईनु पर्ने बताएको छ । चेम्बरले बैंकिङ क्षेत्रमा हाल कायम ४ दशमलव ४० प्रतिशतको स्प्रेडदरलाई ३ प्रतिशतमा कायम गर्न आवश्यक रहेको भन्दै आगामी मौद्रिक नीतिमा भारतबाट आयात हुने माल सामानको लागि परिवत्र्य विदेशी मुद्रामा आयात हुने सामानको दायरा बढाउन आवश्यक रहेको बताएको छ । बैंक तथा वित्तीय संस्थाको वेस रेटमा अधिकतम प्रतिशतको मापदण्ड तोकेर प्रिमियम थप गर्ने व्यवस्था गरिनु पर्ने भन्दै उसले सोहि अनुसार घरेलु, साना, मझौला उद्योगीहरु एवम महिला उद्यमशीलता तथा कृषि क्षेत्रलाई कर्जा प्रवाह गर्नुपर्ने बताएको छ । कोभिडको असहज अवस्था रहेसम्म क्रेडिट रेटिङ गर्ने व्यवस्थालाई स्वेच्छिक गरिनु पर्ने भन्दै उसले आफ्नो सम्पती धितो राखी लगानी लिने कर्जाको सिमा व्यक्तिगत प्रयोजनको लागि १ करोड पुर्‍याईनु पर्ने बताएको छ । चेम्बरले बैँकिङ कारोबार प्रवर्द्धनको लागि चेक बाउन्सको लागि कडा कानूनी व्यवस्था गरिनुपर्ने भन्दै कुनै फर्म, कम्पनी, संस्था तथा व्यक्तिबाट जारी भएको चेक पटक - पटक बाउन्स भएमा त्यस्ता फर्म, कम्पनी, संस्था तथा व्यक्तिलाई कालो सूचीमा राख्ने लगायतको कानूनी व्यवस्था गरिनु पर्ने बताएको छ । साथै चेम्बरले पारदर्शी अर्थतन्त्रलाई बढाउन ई - कमर्शलाई प्रोत्साहन गरिनु पर्ने र सम्पुर्ण आयात निर्यात तथा भुक्तानी प्रक्रियामा ई - कमर्श लागू गर्न प्राथमिकता प्रदान गरिनु आवश्यक रहेको पनि बताएको छ ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकले सार्वजनिक गरेकाे मौद्रिक नीति संकुचित: नेपाल चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई संकुचित भनेको छ । मौद्रिक नीतिले मुलुकमा आर्थिक गतिविधि घटाउने जिकीर पनि चेम्बरले गरेको हाे। उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीति ल्याउनुपर्नेमा त्यसको विपरित राष्ट्र बैंकले आर्थिक गतिविधि प्रतिकूल हुने गरी संकुचित नीति ल्याएको चेम्बर अफ कमर्सले जारी […]

मौद्रिक नीतिले तरलता झन संकुचन गर्ने दावी

नेपाल चेम्बर अफकमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न मद्दत नपुगेको टिप्पणी गरेका छन् ।उनले भने, “मौद्रिक नीति आउनु भन्दा पहिले नै संकुचनकारी र कठोर नीति ल्याउँदैछौं भनेर भनिएको थियो । अहिले मौद्रिक नीति संकुचित भएर आएको हो । सधैंनै यही कुरा सुनेका थियौं । हामी २ वर्षदेखि […]

मौद्रिक नीतिले तरलता झन् सङ्कुचन गर्ने स्थिति देखियो : उपाध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हासिल गर्न मद्दत नपुगेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मौद्रिक नीति आउनुभन्दा पहिले नै सङ्कुचनकारी र कठोर नीति ल्याउँदैछौं भनेर भनिएको थियो । अहिले मौद्रिक नीति सङ्कुचित भएर आएको हो । सधैँ नै यही कुरा सुनेका थियौँ । हामी २ वर्षदेखि कोभिडबाट प्रभावित थियौँ । पुनर्उत्थान न हुन बाँकी छ । ग्लोबल इकोनोमीमा फरक भयो । यो

निजी क्षेत्रको प्रतिक्रिया : मौद्रिक नीतिले ब्याजदर र महँगी बढाउँछ

६ साउन, काठमाडौं । निजी क्षेत्रले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित नभएको बताएको छ । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले अनलाइनखबरसँग प्रारम्भिक प्रतिक्रिया दिँदै मौद्रिक नीति कसिलो आएको बताएका छन् । परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुद्रा आपूर्ति घटाउने, ब्याजदरलाई अझै बढाउने र मूल्यवृद्धिलाई बढावा दिने गरी […]

मौद्रिक नीतिमाथि चेम्बरको प्रतिक्रिया– हात्ती आयो हात्ती आयो फुस्स

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति कसिलो आएको बताएका छन् । चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि रातोपाटीमा प्रतिक्रिया दिँदै निजी क्षेत्रले सोचेअनुरुप नआएको बताएका हुन् ।उनले भने, ‘मौद्रिक नीति कसिलो आयो । यो हात्ती आयो हात्ती आयो फुस्स जस्तो भयो ।’ चालू वर्षको मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न मुस्किल देखिने उनको भनाइ छ ।यसैगरी, ब्याजदर वृद्धि गरिँदा बजार महँगी ७ प्रतिशतभन्दा माथि जाने र त्य

‘तरलता अभाव, ब्याजदर वृद्धि र सेयर बजारलाई समेट्ने गरी मौद्रिक नीति आउनु पर्छ’

नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा लागेको छ । यसक्रममा निजी क्षेत्रका छाता संगठनहरू निरन्तर मौद्रिक नीतिमा समेटिनुपर्ने विषयबारे सुझाव पेस गरिरहेका छन् । यसै क्रममा नेपाल चेम्बर अफ कमर्सले पनि सुझाव पेस गरिसकेको छ । बजेटले लिएको उच्च अंकको आर्थिक वृद्धिका लक्ष्य र अन्य उद्देश्य भेट्टाउनका लागि कस्तो मौद्रिक नीति आवश्यक पर्छ ? लगायत विषयमा केन्द्रीत रही रातोपाटीका निकेश खत्रीले चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालसँग गरेको कुराकानीको सम्पादित अंश–अ

मौद्रिक नीति कस्तो आउनुपर्छ ? चेम्बरले दियो १७ बुँदे सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई १७ बुँदे सुझाव पेश गरेको छ । अर्थतन्त्रको विद्यमान समस्या, विदेशी मुद्राको संचितिमा परेको दवाव एवं तरलता व्यवस्थापन लगायत विभिन्न विषय समेटेर चेम्बरले १७ बुँदे सुझाव पेश गरेको हो ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव पेश गरे । गर्भनर अधिकारीलाई सुझाव पेश गर्ने क्रममा अध्यक्ष मल्लले शिथिल रहेको अर्थतन्त्रलाई मौद्रिक नीतिले सम्वोधन गर्नुपर

अर्धवार्षिक समीक्षाले अर्थतन्त्रमा चुनौती कायमै राख्छः चेम्बर

नेपाल चेम्बर अफ कमर्शले चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाले अर्थतन्त्रको चूनौति कायमै राख्ने बताएको छ । मौद्रिक नीतिमाथि ढिलो प्रतिक्रिया दिँदै चेम्बरले चूनौति कायमै राख्ने गरी राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेको जनाएको हो ।आयात हुने कतिपय वस्तुहरुमा एलसीबाट हुने कारोबारमा शतप्रतिशत नगद मार्जिन राख्ने प्रावधानले व्यावसायीक क्षेत्रलाई चुनौती सिर्जना गरेको छ । मुलुकको अर्थतन्त्रलाई उकास्न आयातलाई व्यवस्थित गरि निर्यात प्रवर्द्धन गर्नुपर्नेमा त्यसको उल्टो बाटोमा राष्ट्र बैंक हिँडेको चेम्बरले

निजी क्षेत्रमैत्री मौद्रिक नीति ल्याउन दौडधुप

काठमाडौं। नेपालका निजी क्षेत्रका तीन वटा छाता संगठनले कोभिडले थलिएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिले समेट्नुपर्ने विषय जानकारी गराएका हुन्। छलफलमा अधिकारीले निजी क्षेत्रको माग समेट्ने बताएका छन्।

कस्तो आउनुपर्छ मौद्रिक नीति ?

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि केन्द्रीय बैंकलाई सुझाव पेस गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सुझाव पेस गरेका हुन्। चेम्बरले विस्तारित, राहतसहितको, फराकिलो पुर्नकर्जा, साना तथा मझौला उद्योगलाई समेट्ने, ऋणको किस्ता बुझाउने समय चैतसम्म पुर्याउनुपर्ने लगायतका माग राखेको छ।