चौथो विश्व संस्कृत दिवस श्रावण पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर आइतवार मनाइँदैछ ।
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि मनाउन शुरू गरिएको विश्व संस्कृत दिवस यस वर्ष पनि मनाइने भएको हो ।
दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाहरूले संयुक्त रूपमा गरेका छन् ।
नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासंघ र जरो किलो प्रति...