धनगढी : बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पुन: शंका-उपशंका उत्पन्न भएको छ।प्रकरणका अभियुक्त दिनेश भट्ट अदालती प्रक्रिया सकिएर बाल सुधार गृह पुगिसकेका छन्। प्रहरीसँगै अदालतमा समेत ‘मैले नै मारेको’ भनेर बयान दिएका किशोरले अहिले बयान बदलेको उनको परिवारले दाबी गरेका छन्। प्रारम्भमा छोराले आफ्नै अगाडी भागरथीको बलात्कार र हत्या गरेको सकारेको दाबी गरेका उनका बाबु नै अहिले छोराले दबाबमा आएर बयान दिएको र घटनामा अरुकै संलग्