स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार होम आइसोलेशनमा पाँच हजार पाँच सय सात, संस्थागत आइसोलेसन एक सय ५२, आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना संक्रमित रहेका छन्।
देशभर हाल एक हजार भन्दा बढी कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९१० जना आइसियु र २९५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
७२८ आइसीयू र २३१ जना भेन्टिलेटरमा गरी ९५९ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ८५३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।