हिमपातले मनाङको तापक्रम माइनसमा,निभ्यो डढेलो

शुक्रबार बिहानदेखिको हिमपातले मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १० डिग्रीसम्म पुगेपछि जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘चिसो अत्यधिक बढेको छ । कोही पनि घरबाहिर निस्कन सकेका छैनन् । शुक्रबार र शनिबार गरेर एक फुटभन्दा बढी हिउँ जमेको छ ।’ शनिबार सुरक्षा निकायले हिउँ पन्छाएर बाटो खोल्ने प्रयास गरे पनि पुनः हिमपात दोहोरिएर बाटो अवरुद्ध भएको छ । आइतबार गोरेटो तथा मोटरबाटो खुलाउन पहल गरिने प्रजिअ लामिछानेले बताए । मनाङको नासों गाउँपालिका&nd...