काठमाण्डौ – अनलाइनमार्फत नै आवेदन दिन सकिने भएपछि वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायता लिनेको सङ्ख्या बढेको छ ।
गएको आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १४ सय ७९ श्रमिकका परिवारलाई अनलाइन प्रणालीबाट आर्थिक सहायता प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
अघिल्ला वर्षहरूमा आर्थिक सहायता लिन काठमाण्डौमा रहेको वैदेशिक रोजगार बोर्डमै धाउन पर्ने नियम हुँदा एक हजारदेखि १२ सयको हाराहारीमा आवेदन आउने गरेमा गएको आर्थिक वर्षमा यो सङ्ख्या बढेर ...