निजी अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको आरोप

एक निजी अस्पतालको लापरबाहीको कारण शिशुको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जनकपुरधामको रामानन्द चोकस्थित तराई राजधानी हस्पिटलको लापरबाहीले शिशुको मृत्यु भएको आरोप लागेको हो ।धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ स्थित नगराइन बस्ने विजय मण्डलका श्रीमती २५ वर्षीया रोशनी मण्डलले अस्पतालमै शुक्रबार राति ८ बजे सामान्य रूपमा छोरालाई जन्म दिएकी थिइन् । तर  बिहान ४ बजे शिशुको मृत्यु भएको अस्पतालले जानकारी गराएको पीडित विजय मण्डलले बताए । उनका अनुसार जन्मेको केही समय पश्चात् शिशुक