आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदान केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैगरी क्