रामबहादुर थापा बादल संस्थापन पक्षबाट नेकपा एमालेको उपाध्यक्षमा प्रस्तावित छन् । तर, उनले अब चुनाव लडेर एमालेका घघडान नेतालाई हराउँदै उपाध्यक्ष पद सुनिश्चित गर्नुपर्ने परिबन्द आइलागेको छ । एमालेका पुराना एवं चर्चित नेताहरू सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीमध्ये एकजनालाई हराएपछि मात्रै बादलले नेकपा एमालेको उपाध्यक्ष बन्न पाउनेछन् ।एमालेको उपाध्यक्ष पदमा ६ सिट छन् । यसमा अहिले ७ जना दाबेदार छन् । ६ जना एमाले पृष्ठभूमिका नेताह