सम्झौताविनै कतारमा ‘ओकेजनल’ कामदार पठाउँदै सरकार

काठमाडौं :  सरकारले सन् २०२२ को नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबलका लागि ‘अकेजनल’ नेपाली कामदार पठाउने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार सरकारको माग अनुसार नेपाली कामदार पठाउन लागेकाे जनाएको छ। कतारमा रोजगारीका लागि जाने नेपाली कामदारको समयावधि तीनदेखि ६ महिना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एव‌ं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। कतार सरकारले कामदार माग गरेकाले नेपाली कामदारलाई श्रम स्वीकृति दिएर पठाउने त