न्याय सेवा आयोगको बैठक, १८५ कर्मचारीको सरुवा

न्याय सेवा आयोगको आजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।