निषेधाज्ञाका बेला खाद्यान्नमा २० प्रतिशत छुट, बाजुरामा दशक यताकै घुइँचो

घरमा अनाज छैन, खेतमा बाली छैन र मजदुरी गर्ने ठाउँ छैन । निषेधाज्ञा मान्दामान्दै भोकले ज्यान जाला जस्तो छ । दिनमा बिहान दुई घण्टा खुल्छ लाइन नकुरी चामल पाइँदैन । कोरोनाका डरले कति लुक्नु ? स्थानीयले भने । नेपाल सरकारले कोरोना महामारीलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल बिक्रीमा २० प्रतिशत छुट गरेको छ । खाद्य व्यवस्था तथा बेपार कम्पनी बाजुरा शाखाले बिक्री मूल्यमा २० प्रतिशत छुटमा चामल बिक्री गर्न थालेको छ । हिजोआज सहुलियत दरको चामल किन्नेको एक दशक यताकै घुँईचो देखिन थालेको हो ।