काठमाडौँ : विशेष अदालतले पूर्व डीआईजी एवं साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ।शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा विशेष अदालतले शाह र प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद हुने फैसला गरेको हो। साथै दुवैजनालाई बिगो र बिगो बमोजिमको जरिवानासमेत सजाय भएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहा खबरलाई जानकारी दिए।११ पुसमा विशेष अदालतले शाहसहित दुईजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर ग