पार्टी नफुटाउने सङ्कल्प गर्दै कमल थापाद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।२०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताक