टेकु अस्पतालमा ३० देखि ५० वर्ष उमेरका बढी काेराेना संक्रमित

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३० देखि ५० वर्ष उमेरका कोरोना संक्रमित बढी भेटिएका छन्। टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले यी उमेर संख्यामा बढी कोरोना संक्रमण देखिएर उपचार भइरहेकाे जानकारी दिए।उनले ६२ वर्ष भन्दा माथिका नागरिकमा कम संक्रमण देखिएको जानकारी दिए। ‘यहाँ संक्रमणले सिकिस्त भएका बिरामीहरु बढ्दै गएको छ, द्रुत गतिमा कोरोना संक्रमण फैलिएको छ। अस्पतालका शैया र भेन्टिलेटर भरिएका छन्। युवा पुस्ताका १९, २० र २५ वर्ष उमेरकालाई पनि निमोनियाक