थलारा गाउँपालिकाको स्वास्थ्य शाखामा आगलागी

थलारा गाउँपालिका स्वास्थ्य शाखामा आगलागी भएको छ । विद्युत् सर्ट भई आगलागी हुँदा औषधि, स्वास्थ्य उपकरण र विद्युतीय उपकरण जलेर नष्ट भएको छ भने भवन पनि जलेर ध्वस्त भएको छ । बिहीबार बिहान साढे ११ बजेतिर स्वास्थ्य शाखाको स्टोरमा विद्युत् सर्ट भइ आगो लागेको शाखा प्रमुख समेत रहेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम ओलीले बताए ।