घुमन्ते राउटे कृषि व्यवसायमा

आफूलाई जङ्गलको राजा भनेर चिनाउँदै आएका राउटे समुदाय पछिल्लो समय गाउँमै बसेर कृषि व्यवसायमा लाग्न थालेका छन् । घुमन्ते शैलीमा जङ्गली जीवन बिताइरहेका राउटे समुदायले तरकारी खेती गर्न थालेपछि परशुराम नगरपालिका–१२, आमपानीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएको थियो ।

सम्बन्धित सामग्री

निर्यात व्यापारमार्फत राउटे समुदायको मूलप्रवाहीकरण

राउटे समुदायको मूलप्रवाहीकरणका विषयमा विभिन्न आयामबाट बहसहरू प्रारम्भ भएका छन् । परन्तु यी बहसमा यस समुदायको दीर्घकालीन उत्थानका विषयहरू उठ्ने गरेका छैनन् । सारमा भनुपर्दा कथित सशक्तीकरणका नामका प्रचारबाजीका विषयहरूमा मात्र राउटे समुदायको उत्थानका कार्यहरू सीमित हुन पुगेका छन् । पटके आर्थिक सहायताजस्ता सरकारी र गैरसरकारी प्रयासहरूले यी सहायताहरूले एकातिर यस समुदायलाई आर्थिक रूपमा परनिर्भर बनाउँदै लगेको छ भने अर्कोतिर राउटे समुदायको परम्परागत काष्ठ व्यवसायमा समेत कालान्तरमा मोहभंग हुने खतरा सृजना भएको छ । यसरी परनिर्भरता पनि बढ्ने र परम्परागत पेशाबाट विमुख हुन जाँदा यस समुदायका रहेका सांस्कृतिक, आर्थिक र पेशागत विशिष्टताहरू पनि लोप हुन जाने संकेतहरू देखिएका छन् । राउटे समुदायको परम्परागत शीप, कला, संस्कृति र विशिष्टताहरूको रक्षा पनि हुने र आर्थिक रूपमा आत्मनिर्भर र समृद्ध हुने मोडलमा राउटे समुदायको उत्थानका प्रयासहरू केन्द्रित गरिनुपर्छ । उपयुक्त पक्षहरूलाई दृष्टिगत गर्दै राउटे समुदायको परम्परागत शीप, कला, संस्कृति र विशिष्टताहरूको रक्षा पनि हुने र आर्थिक रूपमा आत्मनिर्भर र समृद्ध हुने मोडलमा राउटे समुदायको उत्थानका प्रयासहरू केन्द्रित गरिनुपर्छ । विश्वका विभिन्न देशमा विभिन्न जातिका परम्परागत शीपहरूको संगठीकरण, आधुनिकीकरण, व्यवसायीकरण र मूलप्रवाहीकरण गरी उनीहरूको समग्र उत्थान गर्ने गरिन्छ । सम्बद्ध देशका सरकारहरूले पनि त्यस समुदायलाई प्रत्यक्ष आर्थिक सहयोगका अतिरिक्त उनीहरूका शीपको संरक्षण, प्रवर्द्धन, आधुनिकीकरण र व्यवसायीकरण गर्ने शीर्षकहरूमा आर्थिक र प्राविधिक सहयोगहरू केन्द्रित गर्ने गरेको पाइन्छ । ती विशेष जातिहरूबाट उत्पादित सामग्री र सेवाहरू सरकार, निजीक्षेत्र र धनाढ्य वर्गले विशेष प्राथमिकताका साथ खरीद गर्ने कार्यहरूबाट पनि यस्ता जातिहरूको संरक्षण गर्ने गरिन्छ । ती जातिका उत्पादनहरूको स्तरोन्नतिका लागि सम्बद्ध जातिका सदस्यहरूलाई तालीम तथा अनुभव ग्रहणका लागि स्वदेश तथा विदेश भ्रमणजस्ता कार्यक्रम सरकारबाट नियमित रूपमा सञ्चालन गर्ने गरिन्छ । यस्तै ती जातिबाट उत्पादित सामग्रीहरूलाई कर छूट, ढुवानीमा अनुदान, कारोबारअनुसार प्रोत्साहन, जग्गा प्रदान तथा उत्पादनका इनपुटहरूमा विशेष अनुदानको व्यवस्था गरिएको हुन्छ । विशेषतः सम्बद्ध जाति बस्ने क्षेत्रका स्थानीय निकायहरूलाई यस्ता उत्थान कार्यमा बढी संलग्न गराइने प्रचलन रहेको छ । यसका अतिरिक्त विश्व व्यापार संगठनको प्रावधानमा रहेको भौगोलिक संकेतको विशेष सुविधामार्फत निर्यात व्यापारमा पनि विशेष जातिहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवेश सहज बनाउने रणनीति पनि अंगीकार गरिएको हुन्छ । यस्ता उत्पादनहरूको प्रचारप्रसारमा सम्बद्ध देशका विदेश स्थिति राजदूतावासलगायत विदेशस्थित नागरिकहरूले पनि प्रवर्द्धनात्मक भूमिका खेलिरहेका हुन्छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा यस्ता विशेष र विशिष्ट उत्पादनहरूलाई प्रचारप्रसार गर्न पनि विशेष प्रबन्ध गर्ने गरिन्छ । विशेष गरी वृत्तचित्र निर्माण गर्ने समूहहरूलाई यस्ता कार्यहरूमा उपयोग गर्ने रणनीतिहरू अपनाइएको हुन्छ । यस्ता वृत्तचित्रहरूको विश्वव्यापी पहुँच हुने हुँदा यस्ता जातिहरूबाट उत्पादनहरूको छोटो समयमा नै विश्वव्यापी पहिचान स्थापित हुन जान्छ । यस्तै यस्ता जातिका विशेष उत्पादनहरूलाई उच्चस्तरीय विदेश भ्रमणमा उपहार दिने प्रयोजनमा पनि व्यापक उपयोग गर्ने गरिन्छ । विदेशबाट आफ्ना देशमा आउने पाहुनाहरूका लागि उपहार प्रदान गर्दा पनि यस्ता उत्पादनहरूलाई नै प्राथमिकतामा राख्ने गरिन्छ । विशिष्ट व्यक्तिहरूले ग्रहण गर्ने उपहारका कारण यस्ता विशेष उत्पादनहरूलाई सम्बद्ध देशमा सजिलै पहिचान स्थापना गर्न सजिलो हुन्छ । देशका विशिष्ट व्यक्तिहरूले उपभोग गर्ने वस्तुहरू विस्तारै त्यसभन्दा मुनिका तहका मानिसहरूले पनि उपभोग गर्ने सामान्य सिद्धान्तका कारण यस्ता उत्पादनहरू विस्तारै उक्त समाजमा स्थापित हुन जान्छन् । नेपालले पनि राउटे समुदायको समग्र उत्थानमा विश्वका अन्य मुलुकहरूले अपनाएझैं रणनीतिहरू अपनाउनुपर्छ । यसका लागि सर्वप्रथम पिछडिएको जातिको उत्थानका लागि विश्वभरि सफलतापूर्वक प्रयोग गरिएको सूत्र (सम्बद्ध जातिका विशेष गुणहरूको व्यवसायीकरणमार्फत आर्थिक समुत्थान) लाई सिद्धान्तः स्वीकार गरिनुपर्छ । यस सूत्रको राज्यसंयन्त्रमा मूलप्रवाहीकरण गर्दै त्यसअनुरूप योजना तर्जुमा गरी कार्यान्वयन चरणमा जानु आवश्यक हुन्छ । यसका लागि नेपाल सरकारले पनि राउटे समुदायलाई प्रत्यक्ष आर्थिक सहयोगको अतिरिक्त उनीहरूका शीपको संरक्षण, प्रवर्द्धन, आधुनिकीकरण र व्यवसायीकरण गर्ने शीर्षकहरूमा आर्थिक र प्राविधिक सहयोगहरू केन्द्रित गरिनुपर्छ । राउटे जाति उत्पादित सामग्री र सेवाहरू सरकार, निजीक्षेत्र र धनाढ्य वर्गले विशेष प्राथमिकताका साथ खरीद गर्ने संस्कारलाई पनि स्थापना गर्नु जरुरी छ । राउटे जातिले उत्पादन गर्ने काठका सामानहरूको उत्पादनहरूको स्तरोन्नतिका लागि उनीहरूलाई आवश्यक तालीम तथा अनुभव ग्रहणका लागि स्वदेश तथा विदेश भ्रमणजस्ता कार्यक्रम सरकारबाट सञ्चालन हुन जरुरी छ । यस्तै राउटे जातिबाट उत्पादित काष्ठजन्य सामग्रीहरूलाई कर छूट, ढुवानीमा अनुदान, कारोबारअनुसार प्रोत्साहन, जग्गा प्रदान तथा उत्पादनका इनपुटहरूमा विशेष अनुदानको व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ । राउटेहरू बसोवास गर्ने क्षेत्रका प्रदेश सरकार तथा स्थानीय निकायहरूलाई यस्ता उत्थान कार्यमा बढी संलग्न गराइनुपर्छ । यसका अतिरिक्त विश्व व्यापार संगठनको प्रावधानमा रहेको भौगोलिक संकेतको विशेष सुविधालाई दृष्टिगत गर्र्र्दै निर्यात व्यापारका राउटेहरूबाट उत्पादित काष्ठजन्य उत्पादनहरूलाई प्रतिस्पर्धी बनाउन तथा उत्पादित वस्तुहरूको बजार प्रवेश सहज बनाउने रणनीति अंगीकार गरिनुपर्छ । यस्ता उत्पादनहरूको प्रचारप्रसारमा विदेशस्थित नेपाली कूटनीतिक नियोगलगायत विदेशस्थित गैरनेपाली नागरिकहरूलाई विशेष रूपमा परिचालन गर्नु पनि त्यत्तिकै जरुरी छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा यस्ता विशेष र विशिष्ट उत्पादनहरूलाई प्रचारप्रसार गर्न पनि विशेष प्रबन्ध गर्न ख्यातिप्राप्त वृत्तचित्र निर्माण गर्ने संस्थाहरूलाई राउटेहरूबाट उत्पादित काष्ठजन्य सामग्रीहरूको वृत्तचित्र बनाउने वातावरण सृजना हुन आवश्यक छ । यस्ता वृत्तचित्रहरू प्रसारण हुँदा विश्वव्यापी पहुँचका कारण राउटे जातिबाट उत्पादित काष्ठजन्य सामग्रीहरूको छोटो समयमा नै विश्वव्यापी पहिचान स्थापित हुन जाने देखिन्छ । यसै गरी विदेशमा आयोजना हुने मेला महोत्सवमा पनि राउटे समुदायका उत्पादनहरूको प्रदर्शनीका लागि नेपाल सरकारले विशेष आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ । यस्तै गरी राउटे जातिबाट उत्पादित काष्ठजन्य उत्पादनहरूलाई नेपालबाट हुने उच्चस्तरीय विदेश भ्रमणमा उपहार दिने प्रयोजनमा पनि व्यापक उपयोग गरिने नीति अंगीकार गरिनुपर्छ । विदेशबाट नेपाल आउने अतिथिहरूका लागि उपहार राउटे जातिबाट उत्पादित उत्पादनहरूलाई प्राथमिकतामा राख्नुपर्छ । सबैभन्दा महŒवपूर्ण विषय राउटेहरूले परम्परागत रूपमा उत्पादन गरिरहेका काष्ठजन्य उत्पादनका अतिरिक्त अन्य काष्ठजन्य उत्पादनमा पनि उनीहरूलाई संलग्न गराउँदै उनीहरूलाई आधुनिक काष्ठजन्य उद्योगको मियो बनाउनुपर्छ । यसो गर्न सकेको खण्डमा राउटे समुदाय नेपाली काष्ठजन्य क्षेत्रको व्यावसायिक घरानाका रूपमा स्थापित हुने सम्भावना उच्च रहेको छ । लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

राउटे तरकारी खेतीतर्फ आकर्षित

पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।