काठमाडौं : सरकारले पैसा नदिएपछि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ। यही असार १७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्राडा दिनेश काफ्लेले जानकारी दिए।नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचार गरेबापतको दिनुपर्ने रकम हालसम्म नदिएकाले सेवा स्थगित गरेको अस्पतालले जनाएको छ। सरकारले अस्पताललाई हालसम्म ८ करोडभन्दा बढी रूपैयाँ दिन बाँ