संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा असहमति जनाउँदै एक उपसचिवसहित चार अधिकृतले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाईं र शाखा अधिकृतत्रय ताम्रराज काफ्ले, मातृका सापकोटा र हरिकृष्ण बुढाथोकीले अदालतमा मुद्दा दायर गरेका हुन् । मन्त्रालयले आफूहरूलाई गरेको सरुवा बदर गर्न उनीहरूले अदालतसमक्ष माग गरेका छन् ।
श्रम सहचारीमा पठाउने सूचना प्रकाशित हुनै लाग्दा सरुवा भएकाले त्यसमा चित्त नबुझेर आफूहरू अदालत गएको एक अधिकृतले बताए । ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेक...