भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेसँगै खुला गरिएको हो । रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो । नगरपालिकाको कूल रु चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत रु दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको हो ।