महानगरका स्वर्णिम योजना सम्पन्न भएपछि संघीय राजधानीको मुहार फेरिन्छ :  उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरू सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरेकी छिन् ।

सम्बन्धित सामग्री

व्यास नगरपालिकाका २८२ योजना सम्पन्न

तनहुँ । व्यास नगरपालिका कार्यालयले २८२ योजना सम्पन्न भएको जनाएको छ । नगरपालिकास्तरीय र वडास्तरीय कूल ९८६ योजनामध्ये उक्त योजनाको निर्माण कार्य सम्पन्न भएको हो । तीन सय ८४ सम्झौता भई निर्माण प्रक्रियामा रहेको र ३२० सम्झौता हुन बाँकी रहेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । शिक्षा तथा सामाजिक विकास शाखाको सिफारिसबमोजिम संघीय बजेटअन्तर्गत छ लाख ५० हजारका दरले चार विद्यालयलाई ई–लाईब्रेरी, तीन विद्यालयलाई आइसीटी स्थापना र ती विद्यालयका लागि साइन्स ल्याबका लागि बजेट निकासा गर्ने भएको छ । पाँच विद्यालयका लागि ५० हजारका दरले विद्यालय सामग्री (किट्स) वितरण गर्ने गरी छनोट गरिएको उनले बताए । नगरपालिकाबाट शहीद दिवस र नारी दिवसका दिन हुने खुल्ला अल्ट्रा म्याराथन र महिला हाफ म्याराथनको व्यवस्थापन गर्न नगर खेलकुद समिति र माविस्तरीय मेयर, उपमेयर कप फुटबल प्रतियोगिता र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाले बताएको छ ।  रासस