नागार्जुनमा घरभित्र चितुवा पसेर आक्रमण गर्दा पाँच जना घाइते

काठमाडौं :  काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन्।गएराति एक बजे हर्साखोलाका पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।