एजेन्सी। जापानकी नाओमी ओसाकाले इष्ट्रन एण्ड वेष्ट्रन ओपनमा जितेको पुरस्कार रकम हाइटीमा भुकम्प पीडितलाई सहयोग गर्ने भएकी छन्। हाइटीमा शनिबार ७.२ म्याग्निच्युटको भूकम्प जादाँ ३०४ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। चार पटकको ग्राण्डस्लाम विजेता ओसाकाका बुबा हाइटीका हुन्। आमा जापानकी हुन्। शीर्ष वरीयताकी ओसाका भन्छिन्,‘हाइटीमा आएको विनास निकै पीडादायी छ। प्रतियोगिताको पुरस्कार रकम सहयोग गर्छु।’