रुपन्देहीको ईलाका प्रशासन कार्यालय बुटवलमा मतदाता संकलन केन्द्रमा मध्यरातमा नामावली भरिरहेका सर्वसाधारणलाई घर पठाइएको छ ।
राति ११ बजेसम्म गृह प्रशासनकै निगरानीमा नेपाली कांग्रेस सम्बद्ध नेताहरूले अवैध रूपमा नामावली भर्ने काम गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।
मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्ताहरू समेत परिचालन गरिएको भेटिएको छ ।
घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र दोषीउपर कारबाहीको माग गर्दै एमाले कार्यक...