नेपालमा अकुपञ्चरको सम्भावना ठूलो, नीतिगत प्राथमिकता र संस्थागत विकासमा अझै उदासीनता

अकुपञ्चरको अभ्यास गर्ने जनशक्तिको योग्यता, तालिम र सेवाको गुणस्तर निर्धारण गर्ने प्रभावकारी नियमन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। छोटो अवधिको तालिम लिएका व्यक्ति र लामो समय अध्ययन तथा अभ्यास गरेका विशेषज्ञबीच स्पष्ट मापदण्ड हुन नसक्दा सेवाको विश्वसनीयतामा समेत प्रश्न उठ्न सक्ने उनीहरूको भनाइ छ।