काठमाडौँ । स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुई पाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा लिइएकामध्ये ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर रहेका छन्। चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवागमनको व्यवस्था मिलाउन प्रहरीले सवारी जाँचलाई तीव्र बनाएको हो। नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान तथा […]