नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ सिजनमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको हो। पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। जवाफमा १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। […]