काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने छठ पर्वको तयारी भइरहेको छ। तराई/मधेशमा मात्रै मनाइने छठ पर्व आजभोलि राजधानीमै बाक्लिँदै गएको छ। स्वदेशमा मात्रै होइन, विदेशी भूमिमा छरिएर बस्नेका लागि छठ पर्वको उत्तिकै रौनक छाएको देखिन्छ। आस्था, विश्वास र सद्भावको पर्वका रूपमा मनाइने छठ पर्व आगामी सोमबार देशभर मनाइने तयारी भइरहेको छ। […]