जापानले विदेशी श्रमिकको कुल सीमा नबढाई जनशक्ति अभाव भएका क्षेत्रमा भर्ना जारी राख्न क्षेत्रगत कोटा फेरबदल गर्ने तयारी गरेको छ। जापानी सञ्चारमाध्यम निक्केई एसियाका अनुसार स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) कार्यक्रमअन्तर्गत खाद्य सेवा र केयरगिभर क्षेत्रमा परिवर्तन प्रस्ताव गरिएको हो। प्रस्तावअनुसार स्वास्थ्य संस्था तथा सामाजिक कल्याण केन्द्रमा खाना बनाउने र वितरण गर्ने कामलाई खाद्य तथा पेयपदार्थ […]