बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति  रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री […]