आईजीपी कार्कीले भने- इनिशा हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेकाे छ

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विकको हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेकाे बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले यस्ताे बताएका हुन् ।