जनकपुरको आधा टोली ४६ रनमै पेभेलियनमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी भएको छ। सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुरले १०.५ ओभरमै आधा टोली गुमाएर मात्र ४६ रन जोडेको छ।