५३ झोलुंगे पुलमा क्षति, ५ ठाउँमा तुइन जडान गरिँदै

भदौ १० गते आएको भोटेकोशी-त्रिशूली बाढीले सडक र पुलहरूमा पनि क्षति पुर्‍याएको छ। विभागका महानिर्देशक विजय जैसीले आज पत्रकार सम्मेलन गरेर बाढी र पहिरोले गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको बताए। उनकाअनुसार ५३ झोलुङ्गे पुलमा क्षति पुगेको छ। यीमध्ये ३३ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्था छ। बाढीले विभाग मातहत रहेका ३१ वटा...