भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गलाचुली ३ लेख टापाका ४४ वर्षीय लुमबहादुर रावत  रहेका छन् । दाङ प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।