इर्लिङ हालाण्डले ह्याट्रिकको सहयोगमा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले हराएको हो ।साविक विजेता म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्ने क्रममा सिटीका लागि हालान्डले ह्याट्रिक पूरा गरे । त्यस्तै ब्रनान्डो शील्भाले एक गोल गरे । सिटीको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसका लागि जोआचिम एण्डरसनले एक गोल गरे । सिटीका जोन स्टोन्सले एक आत्मघाती गोल गरे । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर स