सल्यान : रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका २ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका ११ का ६० वर्षीय कमारो कामी रहेका छन्। दुवै जनाको दाङ तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सोमबार दिउँसो राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका ३ आगरखोलामा लु २ ख ५