‘पानीघट्ट’ पढेपछि…

नेपाली साहित्यमा परिचित नाम हो-सुरेश प्राञ्जली। अखबारी लेखनमा सुरेशलाई नपढेका मान्छे सायदै होलान्। २०५० को दशकको अन्तिमतिर पोखरामा हुने कविता कार्यक्रममा मेरो परिचय सुरेशसँग भएको थियो। म पनि कविता कार्यक्रममा सक्रिय थिएँ। संयोग नै मान्नुपर्छ म पढाइको सिलसिलामा काठमाडौं आएँ। सुरेश मभन्दा पहिले नै काठमाडौं आएका रहेछन्। यता आएपछि उनीसँग भौतिक भेट कम लेखनीमार्फत बढी […]