म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। लिगको उपाधि होडमा एकल अग्रता जारी राखेको सिटीले बुधवार ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलसँग स्पष्ट रुपमा १२ अंकको अग्रता बनाएको हो।सिटीले खेलमा रियाद महरेजको गोलमार्फत पहिलो हाफमा १-० को अग्रता लिएको थियो। आफ्नो सातौं खेलमा आठौं गोल गर्ने क्रममा महारेजले ४० औं मिनेट गोल गरेका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले ६९ औं मिनेटमा केविन डि ब्रुयनेले गोलमार्फत अग्रता दोब्बर बनाएको थियो