अमेरिकाको एकध्रुवीय व्यवस्थाबाट विश्व क्रमशः बहुध्रुवीयतामा प्रवेश गरिरहेको समकालीन सन्दर्भमा विश्व अर्थतन्त्रमा बलियो पकड राखिरहेको अमेरिकी डलर पनि क्रमशः विस्थापित हुन शुरू गरेको विश्लेषणहरू आउन थालेका छन् ।
बहुध्रुवीय विश्वका दुई महत्त्वपूर्ण केन्द्र रुस र चीन हुन् । विगत एक दशकदेखि यी दुई मुलुकले आआफ्नो अर्थतन्त्रलाई डलरमुक्त (डीडलराइजेसन) गर्न प्रयास गरेका छन् । विशेषगरी अमेरिकाले डलरबाट प्राप्त शक्तिको आडमा आफ्ना विरोधी मुलुकहरूमाथि आर्थिक प्रतिबन्ध लगाउने गरेकोमा त्यसबाट मुक्ति पाउन डीडलराइजेसनलाई अघि बढाइएको हो ।&nbs...