नेकपा एमालेका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा प्रतिपक्षी दलका मुख्य सचेतक खीमलाल भट्टराईले उपाध्यक्ष भीम रावललाई एमाले अध्यक्षका लागि गरेको उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा मंगलवार भएको भेटमा भट्टराईले कम्तीमा पदाधिकारीमा सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।
‘आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको सर्वसम्मतिको निम्ति भूमिका खेल्न कमरेड भीम रावललाई अनुरोध गरियो । घोषित आफ्नो उम्मेदवारी फिर्ता लिएर कमरेड केपी ओलीलाई समर्थन गर्दै अन्य पदाधिकारीमा आफूलाई अगाडि...