‘इजरायल जान दलालको पछि नलाग्नू’

इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीका रूपमा जान इच्छुक श्रमिक छनोट गर्न सोमबार भाषा परीक्षा सम्पन्न भएको छ । इजरायलले भाषा परीक्षा सञ्चालन गर्ने सबै जिम्मेवारी नेपाललाई दिएको छ । वैदेशिक रोजगार विभागका अनुसार काठमाडौंका १६ वटा केन्द्रमा भएको परीक्षामा ७ हजार ९ जना सहभागी भएका छन् । पहिलो चरणमा छानिने हजार जनामध्ये ७ सय जना महिला र ३ सय जना पुरुष हुनेछन् ।